२९ बैशाख २०८१, शनिबार
Follow Us

नेपाली जनसम्पर्क समिति जनसम्पर्क पोर्चुगलको अधिबेशन २२ जुलाईमा

नेपालब्रिटेन डट कम्
२८ जेष्ठ २०७५, सोमबार २०:४९

लिस्बन । नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पाचौ अधिबेशन आगामी २२ जुलाईमा हुने भएको छ । समितिको बैठकको निर्णय अनुसार पांचौ अधिबेशनको मिति तय भएको समितिका सभापति लक्ष्मी प्रसाद सापकोटाले जानकारी दिए। अधिबेशन राजधानी लिस्बनको आन्जोस स्थित जिनासियो हलमा हुने भएको हो । अधिबेशनको मिति तय भएसंगै मूल आयोजक समिति र आवश्यक उपसमितिहरु गठन गरेर तयारीमा लागिएको उनले बताए ।

बिद्यानतः गत बर्ष नै हुनुपर्ने अधिबेशन बिबिध कारणले हुन सकेको थिएन । अधिबेशनलाई लक्षित गरि समितिले यतिबेला सदस्यता नबिकरण र नयाँ सदस्यता बितरणलाई तिब्रता दिएको छ । अधिबेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि सभापति लक्ष्मी प्रसाद सापकोटाको संयोजकत्वमा २ सय २१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको समितिले जनाएकोछ ।

यस्तै समितिले बिभिन्न उपसमितिहरु समेत गठन गरेको छ । समितिका सदस्य अशोकचन्द्र घिमिरेको संयोजकत्वमा ३ सदस्यीय निर्बाचन उपसमिति गठन गरेको छ भने महासमिति सदस्य चिज कुमार तामाङको संयोजकत्वमा ५ सदस्यीय बिद्यान संसोधन उपसमिति गठन गरेको छ । यस्तै समितिका उपसभापति शुशिल शर्मा गैह्रेको संयोजकत्वमा १३ सदस्यीय आर्थिक ब्यबस्थापन उपसमिति गठन गरिएको छ । अर्का उपसभापति तिलक प्रसाद गैह्रेको संयोजकत्वमा ७ सदस्यीय अतिथी सत्कार उपसमिति गठन गरिएको समितिले जनाएको छ ।

यस्तै समितिले महामन्त्री बिनोद घिमिरेको संयोजकत्वमा १३ सदस्यीय प्रचार–प्रसार उपसमिति गठन गरेको छ । सह–महामन्त्री बैकुण्ठ गौतमको संयोजकत्वमा ९ सदस्यीय स्वयंसेवक उपसमिति गठन गरिएको छ । महासमिति सदस्य चिज कुमार तामाङको संयोजकत्वमा ५ सदस्यीय साँस्कृतीक उपसमिति गठन गरिएको समितिले जनाएको छ ।

हाल समितिमा झण्डै एक हजार क्रियाशिल सदस्य रहेको र नयां सदस्यता थपिने क्रम समेत जारी रहेको महामन्त्री बिनोद घिमिरेले जानकारी दिए । अधिबेशनको तयारी संगै संगठन बिस्तार, भेटघाट र भेलालाई तीब्रता दिईएको उनले बताए ।

पोर्चुगलमा सन् २००६ मा स्थापना भएको समितिमा दुई कार्यकाल पूर्ण हमाल सभापति रहेका थिए भने पछिल्लो दुई कार्यकाल अर्थात् हाल सापकोटा सभापति रहेका छन् ।

अधिबेशनले आगामाी २ बर्षे कार्यकालका लागि २१ सदस्यीय नयां कार्यसमिति चयन गर्नेछ ।