१९ बैशाख २०८१, बुधबार
Follow Us

चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसदलाई जानकारी

नेपालब्रिटेन संवाददाता
१२ असार २०७५, मंगलवार ०५:३८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे आज संसदलाई जानकारी गराउँदै हुँनुहुन्छ । आज बिहान ११ बजेपछि बस्ने प्रतिनिधिसभा बैठकमा ओलीले चीन भ्रमणबारे जानकारी गराउन लाग्नु भएको हो । प्रधानमन्त्री ओलीले हिजै संसदमा सम्बोधन गर्ने भनिएपनि कार्यव्यस्तताको कारण देखाउँदै आजलाई सारिएको थियो ।

सरकार प्रमुखले विदेश भ्रमण अघि र पछि संसदलाई जानकारी गराउने परम्परा छ । ओली ६ दिने चीन भ्रमण पूरा गरी अस्ति आइतबार नेपाल फर्किनु भएको थियो । प्रधानमन्त्रीको चीन भ्रमणमा रेलवे लाइन, ऊर्जा, पूर्वाधार निर्माण लगायतका विषयमा सम्झौता भएको छ ।

प्रधानमन्त्री ओलीले चीनबाट फर्किए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन भ्रमणबारे जानकारी दिनु भएको थियो ।