२७ बैशाख २०८१, बिहीबार
Follow Us

भक्तपुरमा लागूऔषधसहित पाँच जना पक्राउ

sarusaru
१५ श्रावण २०७५, मंगलवार ०३:०५

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमीको प्रहरी टोलीले सोमबार लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका-५ का ५१ वर्षीया पद्मा राणा, पर्सा धोबनी गाउँपालिका–२ का १७ वर्षीय पृथ्वीराज सिंह, मकवानपुर सानोपोखरा–५ का २१ वर्षीया सुष्मा तिमिल्सिना, मध्यपुरथिमी नगरपालिका–५ का २७ वर्षीय राजेश प्रजापति र मध्यपुरथिमी नगरपालिका–६ का २५ वर्षीय दिनेश भासी रहेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

प्रहरीले उनीहरुको साथबाट फेनेरगन १०० थान, नोफिन ७९० थान र डाइजोल्याब १०० थान बरामद गरेको छ।
डिसी नेपाल