९ भाद्र २०८२, सोमबार
Follow Us

उदयपुरमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

nepalbritain news
३१ श्रावण २०७५, बिहीबार ०३:२५

उदयपुर । उदयपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

बेलका नगरपालिका–३ खैरेनी टप्पु बस्ने ३५ वर्षीय रामकुमार सार्कीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

बुधबार आफ्नै घरमा सुतिरहेको अवस्थामा जंगली हात्तीले घरको टाटी भत्काई आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
डिसी नेपाल

धेरै पढिएको