२ जेष्ठ २०८१, बुधबार
Follow Us

उपप्रधानमन्त्री यादवसंग एनआरएन युकेले अन्तरक्रिया गर्ने

नेपालब्रिटेन डट कम्
१९ आश्विन २०७५, शुक्रबार १२:२२

लन्डन । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवसंग गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
अक्टोबर ९ देखि १०सम्म लन्डनमा हुने मानसिक स्वास्थ्यसम्बन्धि मन्त्रीस्तरीय विश्व सम्मेलनमा भाग लिन बेलायत आउन लागेका यादवसंग आगामी विहीवार एनआरएन युकेले अन्तरक्रिया कार्यक्रम गर्न लागेको एनआरएन युकेका महाससचिव राज कुमार त्रिपाठीले जनाए । द प्यालेस अल्डरसटमा साँझ ६ बजे पछि आयोजना हुने कार्यक्रममा बनमन्त्री शक्ति बस्नेत समेत उपस्थित हुने एनआरएन युकेले जनाएको छ ।

यसैबीच लन्डनस्थित नेपाली दूतावासले आगामी अक्टोबर १० तारिक बुधबार साँझ दूतावास भवनमा एक कार्यक्रमको आयोजना गरेको छ ।

संघीय समाजवादी फोरम, नेपालका अध्यक्षसमेत रहेका यादवले भ्रमणमा बेलायतस्थित पार्टी कार्यक्रममा पनि सहभागिता जनाउने वताएको छ र