२६ बैशाख २०८१, बुधबार
Follow Us

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, ११ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
११ कार्तिक २०७५, आईतवार ०४:२४

न्युयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यको पिटर्सबर्ग शहरमा भएको अन्धाधुन्ध गोली प्रहारमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । ४६ वर्षीय रोबर्ट बोवर्स नाम गरेका व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा उक्त घटना भएको हो ।

यहुदीहरुको पूजास्थल ट्री अफ लाइफ सिनगानमा एउटा राइफल र दुई पेस्तोलसहित प्रवेश गरेका उनले गोली प्रहार गरेका हुन् । पूजास्थलमा प्रार्थना चलिरहेका बेला गोली प्रहार भएको हो । गोली चलाउँदा उनले ‘सबै यहुदीहरुले मर्नुपर्ने’ नारा लगाएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ११ जनाको मृत्यु भएको पुष्टि गर्दै यो घटनालाई भयानक हमला भएको टिप्पणी गरेका छन् ।