३० श्रावण २०८२, शुक्रबार
Follow Us

प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ

nepalbritain news
२९ कार्तिक २०७५, बिहीबार ०६:५८

काठमाडौँ । महानगरीय प्रहरीवृत्त बानेश्वरले प्रहरीलाई घुस दिने ट्रक चालकलाई पक्राउ गरेको छ।

वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–१० स्थित बुद्धनगर चोकमा सवारी साधन जाँच गर्ने क्रममा घुसदिन खोज्ने बा२ख ८१२९ नंको मिनिट्रकका चालक जीतबहादुर तामाङलाई बुधबार दिउँसो पक्राउ गरेको हो।

तामाङले मिनिट्रकको कागजपत्र नभएको भनी प्रहरीलाई रु एक हजार घुस दिन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय प्रवक्ता पूजा सिंहले जानकारी दिए।

यसैगरी मध्यपुरथिमि नगरपालिका–३ गट्ठाघर चोकमा सवारी साधन जाँच गर्ने क्रममा प्रहरीलाई घुसदिने ना५ख ७१८१ नंको ट्रक चालक मुरतुजमिया चुरियालाई आज पक्राउ गरेको छ।

चुरियाले रुट प्रमिट कागजकोभित्र रु २०० प्रहरीलाई दिन खोज्दा पक्राउ गरेको हो। दुवै चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता सिंहले बताए।
डिसी नेपाल

धेरै पढिएको