१६ बैशाख २०८१, आईतवार
Follow Us

हट्यो जोरबिजोर प्रणाली

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०७५, शुक्रबार ०४:५४

काठमाडौं । जनस्तरबाट ब्यापक दवाव बढेपछि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली सरकारले फिर्ता लिएको छ । एशिया प्यासेफिक समिटका क्रममा सवारी आवागमन चुस्त बनाउन तथा सुरक्षाका कारण बिहीबारदेखि आइतबारसम्मका लागि भन्दै जोर बिजोर प्रणाली लागू गरेको थियो । तर, गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बिहानबाट जोर बिजोर प्रणाली फिर्ता लिने निर्णय गरेको हो ।