काठमाण्डौ – कुशल शब्द सर्जक शिव अखेलीको शब्दमा नयाँ गीत बजारमा आएको छ । प्रदेशी गायक सुर्य खड्काको एकल स्वरमा सजिएको उक्त गीतमा मोडलिङ खड्का स्वयम्कै रहेको छ । गीतमा एयरपोर्टमा सरकारद्वारा सामान लुटिएको कुरा व्यक्त गरिएको छ । विदेशमा ५० डिग्रीसम्मको घाममा काम गरेर भित्र्याएको रेमिट्यान्सले चलेको देशमा तिनै प्रदेशी नेपाली लुटिएका छन् भन्ने यथार्थ घटनालाई सर्जक शिव अखेलीले शब्दमा उतारेका छन् । उक्त गीतको अडियो तथा भिडियो गुराँस मुभिजले निर्माण गरेको हो ।