२० बैशाख २०८१, बिहीबार
Follow Us

तराईमा सक्रिय हुँदै ज्ञानेन्द्र

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७५, शनिबार ०६:०६

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह तराईको विभिन्न जिल्लाको भ्रमणमा निस्कने भएका छन् ।

केही दिनको निजी भ्रमणको सिलसिलामा आगामी हप्ता उनी धनूषा, सर्लाही, उदयपूर र सप्तरी जिल्लामा पुग्ने पूर्वराजाका प्रेस सहयोगी फणि पाठकले जानकारी दिए ।
हाल ज्ञानेन्द्र परिवारसहित झापामा बस्दै आएका छन् । पूर्वी तयाईमा घुमघाका क्रममा विशेष उनी मन्दिरको दर्शनमा पुग्नेछन् भने राजनीतिक भेटवार्ता पनि गर्नेछन् ।