२० बैशाख २०८१, बिहीबार
Follow Us

माफियाको चँगुलमा फस्दै मेडिकल कलेज

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७५, शुक्रबार ०२:११

काठमाडौं–चिकित्सक उत्पादन गर्ने शैक्षिक संस्थाहरू माफियाको चंगुलमा फस्दै गएकोछ ।

एमबीबीएस अध्यापन गराउने देशभरिका अधिकांश निजी मेडिकल कलेजले मनपरी शुल्क असुलेको पुष्टि भएपछि उनीहरूको ठगीको पर्दाफास भएको छ । यसरी मनपरी शुल्क असुलेर ठगी गर्ने मेडिकल कलेजका सञ्चालकलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रियासमेत अगाडि बढाएको छ । ठगी गरेको आरोपमा पोखरास्थित गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोषप्रसाद खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरी उनीहरूमाथि ठगी मुद्दा दायर गर्ने तयारी प्रहरीले गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी उत्तमराज सुवेदीले विद्यार्थीहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।