३० बैशाख २०८१, आईतवार
Follow Us

मलेसियासँग भिसा शुल्कमा अझै विवाद

नेपालब्रिटेन डट कम्
२६ फाल्गुन २०७५, आईतवार ०२:०९

काठमाडौँ – द्विपक्षीय श्रम समझदारी हुनुअघि जारी भएका कलिङ भिसाको शुल्क कामदारले ब्यहोर्न नपर्ने ग्यारेन्टी नहुँदा मलेसियाको रोजगारी खुल्न सकेको छैन । गत जेठदेखि मलेसियामा नेपाली कामदार जान बन्द छ ।

मलेसियाको गृह मन्त्रालयले रोजगारदाता कम्पनी सिफारिस गरेपछि कलिङ भिसा जारी हुन्छ । त्यस्तो भिसा पाएका कामदारलाई काठमाडौंस्थित मलेसियाली दूतावासले राहदानीमा भिसा लगाइदिन्छ । भिसा पाउन कामदार आफैं राहदानी लिएर दूतावास जान मिल्दैन । मलेसिया भीएलएनले भिसा प्रक्रिया गरेपछि मात्रै दूतावासले भिसा लगाइदिन्छ । यो प्रक्रिया गरेबापत भीएलएनले प्रतिराहदानी ७ हजार ४ सय ८० रुपैयाँ शुल्क लिने गरेको छ ।
श्रम समझदारी हुनुअघि झन्डै ७ हजार कामदारको कलिङ भिसा जारी भइसकेको छ । वैदेशिक रोजगार व्यवसायीले सबै विवरणसहित वैदेशिक रोजगार कार्यालय, ताहाचलमा श्रम स्वीकृतिका लागि पेस गरेका छन् । भिसा प्रक्रियाको शुल्क कसले बेहोर्ने भन्ने विवाद छ ।

श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालय भीएलएनले लिने शुल्क कामदारबाट लिन नहुने पक्षमा छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।