५ जेष्ठ २०८१, शनिबार
Follow Us

नेपालमा बसी अबैध सम्पत्ति आर्जन गर्ने चिनियाँमाथि छानबिन

नेपालब्रिटेन डट कम्
२९ फाल्गुन २०७५, बुधबार ०१:५९

काठमाडौं : भिसा दुरूपयोग गरी गैरकानुनी तवरबाट अकुत सम्पत्ति आर्जनको अभियोगमा ४ जना चिनियाँ अनुसन्धानको दायरामा तानिएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपालमा बसेर गैरकानुनी ढंगमा व्यापार/व्यवसाय गरी अकुत सम्पत्ति जोडेको आरोपमा उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।

उनीहरू कहिले व्यापारिक त कहिले पर्यटक भिसामा बस्दै आएको अनुसन्धानबाट देखिएको छ। व्यापार र पर्यटक भिसामा नेपाल आउजाउ गर्दै आएका ती चिनियाँ अवैध कारोबारमा संलग्न भएको उजुरी परेपछि विभागले छानबिन थालेको हो। उनीहरूले खासगरी सुन र अमेरिकी डलरको अवैध कारोबार गरिरहेको तथ्य फेला पारेपछि विभागले शुक्ष्म अनुसन्धान गरेको हो। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।