२१ बैशाख २०८१, शुक्रबार
Follow Us

इरानी नागरिकले नेपालमा ‘अन अराइभल भिसा’ नपाउने

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७५, बिहीबार ०२:३१

काठमाडौं–युरोप छिर्न नेपाललाई ट्रान्जिटका रूपमा दुरुपयोग गर्न थालेपछि नेपाल सरकारले इरानी नागरिकलाई ‘अन अराइभल भिसा’ नदिने भएको छ ।

गृह मन्त्रालयले इरानी नागरिकलाई अध्यागमनको कालोसूचीमा राख्ने प्रस्ताव अघि बढाएको हो ।

अध्यागमन अपराधमा इरानी नागरिकको संलग्नता बढेपछि उनीहरूलाई अन अराइभल भिसा नदिने प्रस्ताव अघि बढाइएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।