२६ बैशाख २०८१, बुधबार
Follow Us

लण्डनको ट्राफल्गर स्क्वायरमा बुद्ध जयन्ती भव्य (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०७६, आईतवार १९:३९


फोटो: एभ्रेष्ट गौतम

लण्डन । बुद्ध फाउन्डेसन युके र कपिलबस्तु समाज युकेको आयोजनामा आइतबार लण्डनको ट्राफल्गर स्क्वायरमा ‘बुद्ध जयन्ती समारोह’को आयोजना गरिएको छ ।
वौद्धगुरु धरम गुरुङले बुद्ध पूजा गरेर सुरु भएको कार्यक्रममा विभिन्न सांस्कृति कार्यक्रमका साथै बुद्ध दर्शको महत्व र ऐतिहासिक पक्षबारे विचार विमर्श गरेका थिए ।
कार्यक्रममा बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठ, बेलायतस्थित नेपाली दूतावासका राजदूत डा। दुर्गाबहादुर सुवेदी, कार्यक्रम संयोजक शिवजी श्रेष्ठ, रसमोर काउन्सिलमा मेयर पउल टेलर, ब्रिटिश संसद वीरेन्द्र शर्मा, बेलायतका लागि कुवेतका राजदूत खालिद अबुल्लाज अल दुवाइसन, एनआरएन युकेका अध्यक्ष, योग कुमार फगामी लगायतले बुद्ध दर्शनका बिभिन्न पक्षमा आआफ्ना भनाई राखेका थिए ।

नेपाली दूतावास लण्डन, गैरआवासीय नेपाली संघ युकेको सहकार्यमा आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उप चान्सलर हिरण्य रत्न बज्राचार्य रहेका थिए । कार्यक्रममा वेलायतस्थित नेपाली संघसंस्था, डुराम विश्वविद्यालयका प्राध्यापक रविन कनिन्घम लगायतको विषेश उपस्थिती थियो । कार्यक्रममा यसपत्रि सांस्कृति टोलीले विभिन्न प्रस्तुती दिएको थियो ।

समारोहमा फुलको आँखामा, रेसम फिरीरी, तितेकरेली, सय बाजा एउटै ताल, यो नेपाली शिर उचाली, जहाँ छन बुद्धका आँखा लगायतका गीत प्रस्तुत गरिएको थियो । यस्तै सौरभ दाहाल, दिव्य कव्या दाहाल, बिनोद चिपालु, शुसिल प्रजापति, मुस्कान घिमिरे, सर्मिला बर्देवा, सर्मिला सिंह, सोनम उनेम लगायतले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन गौमाया गुरुगं, लक्षम गुरुगंले गरेका थिए भने धन्यवाद ज्ञापन राजन खकुलेरले गरेका थिए ।