ताजा खबर

दिल्लीमा प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान

भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।

नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको हो। भ्रमणका क्रममा आइतबार भारत पुगेका प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन्।

आजै बिहान १०:४० बजे प्रधानमन्त्री शाह राजघाट पुगेर गान्धी समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम छ। बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुनेछ।

यस्तै, प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी हुने छन्।

यस्तै, प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसअघि आज बिहान प्रधानमन्त्री शाह राजघाट पुगी महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्ने छन्।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्च पदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी छन्।

प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमण पूरा गरी आजै स्वदेश फर्कने कार्यतालिका छ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता