२५ बैशाख २०८१, मंगलवार
Follow Us

आगलागीबाट ११ लाख बराबरको धनमाल जलेर नष्ट

sarusaru
१७ जेष्ठ २०७६, शुक्रबार ०२:१०

काठमाडौं । बारा र महोत्तरीमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ११ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

बारा, जीतपुर सिमरा उपमहानगरपालिका ११ आमाटर बस्ने ५० वर्षीय धन सुन्दर बैठाले आफ्नो खेतमा आगो लगाउने क्रममा बिहीबार बिहान उक्त आगो छिमेकी नवराज उप्रेतीको उखु खेतमा समेत फैलिएर उखु जली करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

महोत्तरी, महोत्तरी गाउँपालिका ३ डामीमडै बस्ने रामसोगारथ यादवको घरमा खाना बनाउने क्रममा बिहीबार बिहान आगलागी हुँदा छिमेकी बुधन नदाफ समेतको घरमा समेत आगलागी भई दुबै जनाको घर तथा घरभित्र रहेका सामान जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल