१८ बैशाख २०८१, मंगलवार
Follow Us

अफ्रिकामा एक नेपालीको मृत्यु

नेपालब्रिटेन डट कम्
२७ जेष्ठ २०७६, सोमबार १३:४२

चितवन । विगत चार वर्ष देखी पुर्वि अफ्रीकाको सिसेल्समा कार्यरत सिम बहादुर गुरुङको निधन भएको छ । आर्थिक विपन्नता र बेरोजगारिका कारण सिसेल्स पुगेका सिम बहादुरको, जेठ २१ ग्ते सिसेल्सको राजधानी भिक्टोरिया स्थित एक सरकारी हस्पिटलमा ४८ बर्षको वर्षको उमेरमा निधन भएको हो ।

मृतक सिम बहादुर, नवलपुर जिल्ला कावसोती नगरपालिका वार्ड नं. १३ का थिए । उनको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन्।
सिम बहादुरको भौतिक शरिरको शुक्रबा र साँझ स्थानीय समय अनुसार नौ बजे आफ्नै रितिरिवाज अनुसारनै भिक्टोरियामैं अनत्यष्टी गरिएको छ।
उनको अनत्यष्टी कार्यक्रममा नेपाली र अन्य गरि झन्डै तिन सय जनाको उपस्थित थियो ।

सिम बहादुरको मृत्यु मुसा बाट सर्ने Complicated leptaspirosis नामक भाईरसका कारण भएको पोस्ट मार्टमको रिपोर्टमा उल्लेख छ।
उनि mahe Design & Build नामक Construction कम्पनीमा कार्यरत थिए । उक्त कम्पनी ले मृतकका परिवारलाई यथाशिघ्र राहत उपलब्ध गराउने पर्तीबद्धता जनाएको छ।