१ श्रावण २०८२, बिहीबार
Follow Us

नेपाल-भारत जोड्ने झोलुङ्गे पुल बन्द

nepalbritain news
१ असार २०७६, आईतवार ०२:१०

काठमाडौँ । दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल मर्मत सम्भारका लागि भन्दै चार दिन बन्द हुने भएको छ। नेपाल–भारत जोड्ने झोलुङ्गे पुल असार १ गतेदेखि ४ गतेसम्म बन्द गरिन लागेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए।

भारतीय पक्षले सीमा पुलको मर्मत गर्नेबारे दार्चुला जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो। सोही पत्राचारअनुसार चार दिन पुल बन्द गरिन लागेको हो। नेपाल–भारत जोड्ने खलङ्गास्थितको झोलुङ्गे पुल जीर्ण बन्दै गएकाले मर्मतकार्य सञ्चालन भएको अवधिभर पुल बन्दको व्यवस्था मिलाइदिन उपखण्ड लोक निर्माण विभाग धार्चुलाले अनुरोध गरेको छ।

यसअघि पनि भारतीय पक्षले गत फागुन ९ गतेदेखि १३ गतेसम्म मर्मतकार्य गर्ने जनाए पनि अन्तमा भारतीय पक्षले मर्मतकार्य भने गरेको थिएन। विसं २०२८ तिर निर्माण गरिएको उक्त झोलुङ्गे पुलको प्लेट जीर्ण बन्दै गएकाले फेर्नेलगायतका मर्मतकार्य गरिने बताइएको छ।

भारतीय पक्षद्वारा निर्माण गरिएको उक्त झोलुङ्गे पुलको हरेक तीन वर्षमा मर्मतकार्य गरिँदै आएको छ। सोहीअनुसार भारतीय पक्षले नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको मर्मत गर्न लागेको हो। भारतीय बजारमा निर्भर स्थानीय नेपाली झोलुङ्गे पुल बन्द हुँदा समस्यामा पर्ने गर्छन् ।
डिसी नेपाल

धेरै पढिएको