१६ बैशाख २०८१, आईतवार
Follow Us

बँदेलको आक्रमणबाट डोटीमा दुई जना युवा गम्भिर घाइते

sarusaru
२० असार २०७६, शुक्रबार १३:३१

डोटी । डोटीमा बँदेलको आक्रमणबाट दुईजना गम्भिर घाइते भएका छन्।

जिल्लाको केआइसिँ गाउँपालिका १ डुम्राकोट बाउजेला भन्ने ठाउँमा शुक्रबार बिहान ७ बजेतिर खेतमा काम गरिरहेका बेला बँदेलले आक्रमण गर्दा घाइते भएका हुन्।

घाईते हुनेमा के आइसिंह गाउँपालिका १ डुम्राकोट बस्ने ३० वर्षका जगत विक र २२ वर्षका इन्द्र विक रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लाल बहादुर धामीले जानकारी दिए।

घाईते दूवै जनालाई उपचारका लागि दिपायलको पिपल्लामा रहेको शैलेश्वरी अस्पताल प्रालिमा ल्याएपछि जगतको अवस्था गम्भिर रहेकाले सामान्य उपचारपछि धनगढी रेफर गरेको अस्पतालले जनाएको छ।

अर्का घाइते इन्द्रको भने शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ। घाईते दुवै जनाको खुट्टा, पिठ्यू, हातलगायतका ठाउँमा गहिरो चोट लागेको जनाएको छ।
डिसी नेपाल