१५ बैशाख २०८१, शनिबार
Follow Us

भारतिय राष्ट्रपति नेपाल जाँदा नेपाली दूतावास बन्द नहुने

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७३, बुधबार ०८:१७

लन्डन । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा जाने दिन आज बुधबार लन्डनस्थित नेपाली दूतवास बन्द नहुने भएको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनका अनुसार परराष्ट्रमन्त्रालयको निर्देशन बमोजिम दूतावासले आफ्नो नियमित काम यथावत राखेको हो ।

यसअघि गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सरकारी कार्यालय तथा विदेशस्थित कुटनीतिक नियोगमा समेत सार्वजनिक विदा जनाएको थियो ।

यसअघि मुखर्जीको तिन दिने नेपाल भ्रमणकाक्रम सार्वजनिक विदा दिने सरकारी निर्णयको सर्वत्र विरोध भएको थियो ।