२२ बैशाख २०८१, शनिबार
Follow Us

अमेरिकामा नेपाली नायिकाको करामत

नेपालब्रिटेन डट कम्
२ कार्तिक २०७६, शनिबार १०:४७

काठमाडौं । चलचित्र चपली हाइटमा अभियन गरेर चर्चामा आएकी विनिता बराल यतिबेला गर्भवती भएकी छन् । यो खबर उनी आफैले सामाजिक सञ्जालमार्फत सेयर गरेकी हुन् । बेबी बम्पसहितको तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘सरप्राइज सरप्राइज लिटिल विनिता अन बोर्ड’ । उनले आफ्ना पति तिलक पौडेललाई ‘हामी गर्भवती छौं’ भन्दै मेन्सनसमेत गरेकी छन् । यी दुईको विवाह चार महिनाअघि मात्रै भएको थियो । तर उनको पेट हेर्दा लाग्छ, उनी ६ महिनाकी गर्भवती भइसकेकी छन् ।

विवाहअघि पनि उनका प्रेमीलाई ‘भाइ’ भन्ने सम्बोधन गरेकी थिइन् । त्यसको केही समयमै उनले तिनै व्यक्तिसँग इन्गेजमेन्ट गरेको खबर बाहिर ल्याइन् । उनको विवाहसमेत अचानक भएको थियो । अमेरिकामा बस्दै आएकी उनी गर्भवती भएको कारण नै विवाह बन्धनमा बाँधिएकी हुन् कि भन्ने नेपालमा चर्चा चल्न थालेको छ । नेपालमा हुँदा पनि विनिता विभिन्न नायकसँगको अन्तरंग सम्बन्धका कारण चर्चामा आउने गरेकी थिइन् । सिनेमा छाडेर केही समय काठमाडौंमा तरकारी पसल सञ्चालन गरेकी विनिताले एउटा उपन्यास पनि लेखेकी थिइन् ।

यता, अमेरिका बस्दै आएकी अभिनेत्री अरूणिमा लम्सालले डिभोर्स गरेकी छन् । उनले पति अमित अर्यालसँगको १२ वर्ष लामो वैवाहिक सम्बन्धलाई हालै टुंग्याएको अरूणिमा निकट एक चलचित्रकर्मीले पुष्टि गरेका छन् । हाल अरूणिमा आफ्नी छोरी र बाबुआमाका साथमा बस्न थालेकी छन् । ती चलचित्रकर्मीका अनुसार, अरुणिमा र पति अमितबीचको सम्बन्धमा बिहेको केही वर्षमै समस्या आएको थियो । उनीहरूबीच केही महिनायता सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । उनीहरूबाट एक छोरी छन् ।

अमेरिका जानुअघि नै दुवैजनाले छुट्टिने मनसायसाथ गएको बताइन्छ । सोही योजनाअनुसार उनीहरूले नेपालमै छँदा सम्पत्तिको भागबन्डा गरेका थिए । ती चलचित्रकर्मीका अनुसार, हाल बाल्टिमोरमा बस्दै आएकी अरूणिमाले पतिले आफूलाई अनावश्यक शंका गर्ने र स्वतन्त्रतामा बन्देज लगाउने गरेकाले छुट्टिने निर्णय गरेको आफूसँग बताएको जानकारी दिए ।