१५ बैशाख २०८१, शनिबार
Follow Us

टोटनह्यामविरुद्ध लिभरपुलको संघर्षपूर्ण जीत

नेपालब्रिटेन संवाददाता
११ कार्तिक २०७६, सोमबार ०४:५९

लन्डन । इङलिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले घरेलु मैदानमा संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलका लागि जोर्डन हेण्डरसन र मोहमद सालेहले एक-एक गोल गरे । टाेटनह्यामका ह्यारी केनले एक गोल फर्काए ।

अर्को खेलमा म्यानचेष्टर युनाइटेडले नर्विच सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । युनाइटेडलाई जित दिलाउन स्कोट टोमीने, मार्कोस रासफोर्ड र एन्थोनी मार्सियलले एक एक गोल गरे । नर्विचका ओनेल हर्नान्डेजले एक गोल फर्काए ।

यो खेलसँगै युनाइटेडले प्रिमियर लिगमा बिपक्षि टिमविरुद्ध २ हजार गोल पुरा गर्दै कीर्तिमान बनाएको छ । अर्को खेलमा आर्सनल क्रिस्टल प्यालेससँग दुई दुई गोलको बराबरीमा रोकिएको छ ।

गएरातिका खेलसँगै लिभरपुलले शीर्ष स्थानको अग्रता कायम राखेको छ । अपराजित रहेको लिभरपुलले १० खेलबाट २८ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटी ६ अंकले पछि छ ।