२८ मंसिर २०८१, शुक्रबार
Follow Us

राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अन्योलमा

नेपालब्रिटेन डट कम्
१ मंसिर २०७३, बुधबार ०६:०३

पथरी। पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अन्योलमा छ । खेल मैदानको प्रभावकारी व्यवस्था नभएका कारण सातौँ राष्ट्रिय खेलकुद प्रतीयोगिता अझै अन्योलमा परेको हो । गत मङ्सिर ८ गतेदेखि सुरु हुने भनिएको सो खेल स्थगित भइसके पनि नयाँ मिति तय भएको छैन ।
खेलकुद आयोजना गर्नका लागि रु २३ करोड सरकारले बजेट छुट्याएको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन हुने मुख्य ठाउँ विराटनगरको सहिद रङ्गशाला हो । सो रङ्गशालाको स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।
पटकपटक प्रतियोगिता स्थगित हुँदा खेलाडी असन्तुष्ट बन्दै गएका छन् । कराँते खेलाडी राम लिम्बूको साताँै राष्ट्रिय खेलकुद प्रतियोगितामा भागलिने ठूलो इच्छा थियो । तर पटकपटक प्रतियोगिता स्थगित हुँदा खेलकुद प्रतियोगिता नै पो नहुने हो कि भन्ने लिम्बूलाई चिन्ता छ । हरेक दुई वर्षमा हुनपर्ने राष्ट्रिय प्रतियोगिता २०६८ सालमा धनगढीमा भएको थियो ।
त्यसपछि पूर्वाञ्चलमा हुने भएको सो खेलकुद प्रतियोगिताको मिति पटकपटक तय हुँदै स्थगित हँुदै आएको थियो । तर सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पर्क कार्यालयका प्रमुख लवभक्त श्रेष्ठले मङ्सिरभित्रै सो खेलकुद प्रतियोगिता आयोजना हुने बताउनुभयो । उहाँले भन्नुभयो “मङ्सिरभित्रैमा सो खेलकुद प्रतीयोगिता आयोजना हुन्छ ।”