१ आश्विन २०८२, बुधबार
Follow Us

विप्लवका १५ कार्यकर्ता पक्राउ

nepalbritain news
१३ पुष २०७६, आईतवार ०८:४४

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका १५ जना कार्यकर्ता पक्राउ परेका छन्। आइतबार भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा सरकार विरोधी कार्यक्रम गरिरहेका बेला उनीहरुलाई प्रहरीले  पक्राउ गरेको हो।

काठमाडौं प्रहरी परिषद्का प्रवक्ता होबेन्द्र बोगटीले सरकारको विरोधमा कार्यक्रम गर्न थालेपछि उनीहरुलाई पक्राउ गरेको जानकारी दिए। पक्राउ परेकामाथि छानबिन भइरहेको प्रवक्ता बोगटीले बताए।

अन्नपूर्ण पोष्ट

धेरै पढिएको