१४ बैशाख २०८१, शुक्रबार
Follow Us

असन्तुष्ट जिल्ला सभापतिको भेलामा नजाने कांग्रेस सभापति देउवाको उर्दी

नेपालब्रिटेन संवाददाता
२१ पुष २०७६, सोमबार ०४:५५

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुको भेलामा नजान उर्दी जारी गरेका छन् । कांग्रेस जिल्ला सभापतिहरुको भेला आजदेखि पार्टी कार्यालय सानेपामा सुरु हुँदैछ । सभापति शेरबहादुर देउवाको कदमविरुद्ध रणनीति तय गर्न बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला पार्टी कार्यालय सानेपामा बोलाएको हो ।

सभापति देउवाले एकलौटी ढंगले पेलेर जान खोजेपछि भेलावाट आगामी रणनीति बनाउने पौडेल समूहको तयारी छ । सभापति शेरबहादुर देउवाले भने सभापतिहरुलाई गुट भेलामा सहभागी नहुन भन्दै अनौपचारिक रुपमा चेतावनी दिएको बताइएको छ ।

पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बहिस्कारबीच केन्द्रीय समिति बैठकवाट अर्को बर्षको फागुनमा महाधिवेशनको मिति तोकेपछि कांग्रेसमा विवाद बढेको छ । सभापति देउवाले डाकेको केन्द्रीय समितिको बैठक मंसिर २६ देखि नै असन्तुष्ट पक्षका नेता तथा सदस्यले बहिष्कार गर्दै आएका छन् ।