२२ बैशाख २०८१, शनिबार
Follow Us

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा, दुई तिहाईले स्वीकृत

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७६, आईतवार ०७:०४

काठमाडौं ।हेटौंडा । प्रदेशसभा बैठकले ३ नम्बर प्रदेशको नाम वाग्मती पारित गरेको छ । आज बसेको प्रदेशसभाको बैठकले वाग्मती नामाकरण गरेको छ । सांसद इन्द्र बानियाँले प्रस्ताव गरेको नाम वाग्मतीको पक्षमा १ सय ८ मत खसेको छ ।

प्रदेशसभाको बैठकमा उपस्थित सबै सांसदको मत वाग्मतीको पक्षमा खसेको हो । दुईतिहाइ मत बाग्मतीको पक्षमा खसेकाले प्रदेश ३ को नामाकरण वाग्मती कायम भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरे । वाग्मती हुँदैन भन्ने पक्षमा मत नै परेन् ।

प्रदेशसभामाले नामाकरण र राजधानी टंगो लगाएको छ । आजै राजधानीको नामाकरणका लागि भएको मतदानबाट हेटौंडा पारित भइसकेको छ । हेटौंडाको पक्षमा १ सय ५ र धुलिखेलको पक्षमा ३ मत परेको थियो ।