३१ बैशाख २०८१, सोमबार
Follow Us

नक्कली नोटसहित दुई जना पक्राउ

sarusaru
६ माघ २०७६, सोमबार ०५:२९

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको नेपाल प्रहरीको एक टोलीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । टोलीले काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकबाट एक हजार दरका ३१ थान नक्कली नोटसहित बाराका २७ वर्षीय अनुश थापामगर र २२ वर्षीय रवि आलेमगरलाई आज बिहान पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले नक्कली नोट झोलामा बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिँदै सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
नयाँ विश्व