१८ बैशाख २०८१, मंगलवार
Follow Us

सभामुख सापकोटाविरुद्धको रिट न्यायाधीश सपना प्रधान मल्लको इजालासमा

नेपालब्रिटेन संवाददाता
१३ माघ २०७६, सोमबार ०६:०६

काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि आज सुनुवाई हुनेभएको छ । आज न्यायाधीश सपना प्रधान मल्लको इजलासमा सुनुवाई हुनेछ ।

गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट न्यायाधीश मल्लको एकल इजलासमा परेको हो । त्रिपाठीले रिट निवेदनमा संविधान एवं कानुनको गम्भीर उल्लघन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गरिएको थिए ।

आइतबार तोकिएको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुँयालले हेर्न नमिल्ने भएपछि आजका लागि सरेको थियो । सापकोटा आइतवार नै प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।