२५ बैशाख २०८१, मंगलवार
Follow Us

ढुंगानाको अध्यक्षतामा नेविसंघ तदर्थ कार्यसमिति गठन

नेपालब्रिटेन संवाददाता
१६ माघ २०७६, बिहीबार ०७:३६

काठमाडौं । नेपाल विद्यार्थी संघको तदर्थ कार्यसमिति गठन भएको छ । राजीव ढुंगानाको अध्यक्षतामा नेविसंघ गठन भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले ढुंगानाको अध्यक्षतामा नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेका हुन् । सभापति देउवाले आज एक अध्यक्ष र दुई महामन्त्री सहित तदर्थ समिति गठन गरेका छन् ।

समितिको महामन्त्रीमा काठमाडौंमा मनोज बैद्य र पाल्पा कि महेश्वरी कुँवर चयन भएका छन् । तदर्थ समितिलाई ६ महिनाभित्र नेपाल विद्यार्थी संघको आगामी १२ औं केन्द्रीय अधिवेशन सम्पन्न गर्ने जिम्मेबारी दिइएको छ ।

तदर्थ समितिले अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने नेपाली कांग्रेसले जानकारी दिएको छ ।

तदर्थ समितिमा रहनेहरुले आगामी महाधिवेशनमा भाग लिन पाउने छैनन् । तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन छिट्टै गरिने बताइएको छ ।