९ कार्तिक २०८२, आईतवार
Follow Us

कांग्रेसद्धारा संसद बैठक अवरोध (भिडियो)

नेपालब्रिटेन डट कम्
२३ माघ २०७६, बिहीबार ०७:५८

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरूद्ध गरेको छ।

आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हाँस्यास्पद आरोपपत्र दायर गरेको भन्दै कांग्रेसले बुधबार बसेको बैठकमा अवरोध गरेको थियो।

कांग्रेस सांसदहरूले उठेर विरोध गरेपछि सभामुख अग्नि सापकोटाले बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले गच्छदारमाथिको आरोपबारे आधिकारीक धारणा सार्वजनिक गर्न आज अपरान्ह सवा ४ बजे पत्रकार सम्मेलन डाकेको छ।

धेरै पढिएको