४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

उपचारमा संलग्न हुने नर्सहरुले गरे कपाल मुण्डन

नेपालब्रिटेन संवाददाता
२९ माघ २०७६, बुधबार ०३:२४

बेइजिङ । चीनमा नोवेल कोरोना भाइरसका कारण यति बेला जनजीवन अस्तव्यस्त बनेको छ । वुहान सहरबाट फेलिएको कोरोना भाइरसका कारण एक हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ भने करिब ४३ हजार जनामा भाइरसको संक्रमण देखिएको छ ।

कोरोना भाइरससँग जुधिरहेका विरामीहरुको उपचारमा चिकित्सक तथा नर्सहरु अहोरात्र खटिइरहेका छन् । यसैबीच चीनका विभिन्न प्रान्तबाट वुहान सहरका अस्पतालमा खटिएर जाने चिनियाँ नर्सहरुले स्वेच्छाले आफ्नो कपाल मुण्डन गरेर गएका छन् । लामो कपालका कारण संक्रमण फैलन सक्ने धेरै सम्भावना हुने भन्दै उनीहरुले आफ्नो कपाल मुण्डन गरेर उपचारमा सरिक भएका हुन् ।