२९ बैशाख २०८१, शनिबार
Follow Us

वाशिङटन राज्यमा कोरोनाभाइरसका कारण मृत्यु भएको अमेरिकाद्वारा पुष्टि

नेपालब्रिटेन संवाददाता
१८ फाल्गुन २०७६, आईतवार ०५:००

न्यूयोर्क । अमेरिकामा उत्तर पश्चिमी वाशिङटन राज्यमा कोरोनाभाइरसका कारण अमेरिकामै पहिलो मृत्यु भएको बताइएको छ। पहिले नै केही स्वास्थ्य समस्या रहेका पाँचको दशकको उमेर भएका पुरुषको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले अरू पनि त्यस्ता सङ्क्रमितहरू ‘देखिन सक्ने’ भन्दै अमेरिका कुनै पनि परिस्थितिका लागि तयार रहेको बताए।

अधिकारीहरूले अति प्रभावित इटली र दक्षिण कोरिया पछि इरानका लागि पनि यात्रा प्रतिबन्ध थप्न लागिएको जनाएका छन् । संसारभर ८५ हजारमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको र ३,००० जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। कोरोना भाइरस पहिलोपटक देखा परेको चीनमा धेरैजसो सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या रहेको छ।