२९ बैशाख २०८१, शनिबार
Follow Us

१५ औं स्थापना दिवस रोक्ने कुनै योजना छैन् : उपाध्यक्षहरु, एनआरएन युके

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७६, बिहीबार ००:०७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका उपाध्यक्षहरुले भोलि (विहीवार) हुने संघको १५ औं स्थापना दिवस रोक्ने कुनै योजना नभएको वताएका छन् ।

संघका उपाध्यक्षहरु प्रेम गाहा मगर, नारायण कँडेल, रामचन्द्र पोखरेल, मोहन कार्की बुधवार साँझ लण्डनमा एक पत्रकार सम्मेलन गर्दै संघको आयोजनामा हुन लागेको स्थापना दिवस रोक्ने कुनै योजना नभएको प्रष्ट पार्दै संघको कार्यशैली सच्चिएर जानु पर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नारायण कँडेलले संघका भित्रको आर्थिक पारदर्शीता, सल्लाहकार चयन, अध्यक्षको कार्यशैली लगायतका विषयमा आफ्नो विमति रहेको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा बोल्ने बक्ताहरुले एनआरएनए युकेको नाममा आर्थिक सहयोग, चन्दा, स्पोनसर आदी माग्न दिने, त्यस्तो सहयोग एनआरएनए युकेको केन्द्रिय आर्थिक तथा बैकिङ्ग प्रणाली बाहिरबाटै हुनु पर्नेमा जोड दिए ।

उनीहरुद्धारा जारी विज्ञप्ति अनुसार संघको सल्लाहकार चयन कार्यसमिति मार्फत हुनु पर्ने उल्लेख छ ।

पत्रकार सम्मेलनमा कार्यसमितिका बैठकहरु हुने निर्णयमा व्यापक छलफल नभएको प्रति गुनासो पोखे ।

उनीहरुले गैर आवासीय नेपाली संघ बेलायतलाई विधी विधान र प्रकृयाभित्र रही पारदर्शि तरिकाले सन्चालन हुनु पर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनमा ४ जना पत्रकार उपस्थित थिए ।