३१ बैशाख २०८१, सोमबार
Follow Us

एनआरएनए यूकेले मनायो अन्तर्राष्ट्रिय नारी दिवस (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०७६, आईतवार १९:२१

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आयोजनामा महिला सशक्तिकरणबारे एक अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न भएको छ । आइतवार लन्डन इस्टकोटस्थित ‘भेन्यू फाइभ रेष्टुरेन्ट’ हलमा सम्पन्न कार्यक्रममा महिला अगुवाहरुले महिला सशक्तिकारणका बारेमा आआफ्ना विचार व्यक्त गरे ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल र बेलायतमा रहेका नेपाली महिलाका समस्यामा केन्द्रित भएर वक्ताहरुले आआफ्ना अनुभव सुनाएका थियो।

कार्यक्रमलाई गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङ्ग, नेपाली दूतावास लण्डनका प्रतिनिधी लव सुवेदी, डा पुनम यादव, सारा पार्कर, महिला अधिकारकर्मी मिना पौडेल, गौरीका सिंह, सिवानी घले लगायतले आआफ्ना भनाई राखेका थिए । कार्यक्रमको संयोजन एनआरएन युकेको महिला फोरमकी संयोजक प्रसुना कंडेलले गरेकी थिइन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युरोप सहसंयोजक कृष्ण तिमल्सीना, आइसीसी सदस्यहरु रामशरण सिमखडा, सुसिला राई, योग कुमार फगामी,लिलादेवी गुरुङ लगायत संघका अग्रहहरु, पत्रकार, व्यवसायी लगायतको बाक्लो उपस्थिती थियो । कार्यक्रममा सफल पार्न लारा राईले सकृय भूमिका निर्वाह गरेकी थिइन् । कार्यक्रमको व्यवस्थापन एनआरएन युके महिला फोरमले गरेको थियो ।