२८ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्रकार गुरुङलाई युकेबाट ३ लाख ५६ हजार सहयोग

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०७६, सोमबार ०६:४९

पोखरा । मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्यलाभ गरिरहेका सञ्चारकर्मी राजबहादुर गुरुङलाई बेलायतबाट प्राप्त ३ लाख ५६ हजार रुपैया सहयोग हस्तान्तरण गरिएको छ । सञ्चारकर्मी गुरुङको निवास पोखरा–१६ दिपमा सोमबार बिहान आयोजित कार्यक्रममा युकेमा सकंलित रकम फोटो पत्रकार मिलन गुरुङले नगद रकम र चेक हस्तान्तरण गरे ।

शीघ्र स्वास्थ्यलाभको कामनासहित हस्तान्तरित रकम युवा समाजसेवी तथा सामाजिक अभियन्ता लन्डन निवासी चारभञ्ज्याङकी चेली अन्तिम गुरुङद्वारा शुभेक्छुकबाट संकलित २ लाख र आफ्नो सक्रियतामा गुरुङ चलचित्र मि न्होर्बै ट च्यारिटी शो गरी १ लाख ५६ हजार रुपैया गरी उक्त रकम संकलन गरिएको सामाजिक अभियन्ता पत्रकार गुरुङले जानकारी दिए ।

पत्रकार राजबहादुर गुरुङ मिर्गौला पीडित भई उपचाररत रहेको र सहयोगका लागि फोनिजका अध्यक्ष डन्ड गुरुङले आन्तरिक रुपमा सहयोगको आग्रह पश्चात आफूहरुले युकेमा शुभचिन्तकहरु बीचमा आन्तरिक रुपमै संकलन गरिएको रकम स्वास्थ्य लाभको सगुन स्वरुप सहयोग हस्तान्तरण गरिएको मिलन गुरुङले बताए ।

मिर्गौला सफल प्रत्यारोपणपश्चात निवासमै नियमित स्वास्थ्य परिक्षणमा रहेका गुरुङले सहयोगीहरुलाई धन्यवाद दिए । आफू अचानक जस्तै मिर्गौला पीडित भई उपचारमा रहदा सबैको साथ सहयोग र आर्शिवादले प्रत्यारोपण सफलसँगै त्यसपछि पनि स्वास्थ्यमा नियमित सुधार हुदै आएको जानकारी दिए । मिर्गौला प्रत्यारोपण पश्चात निकै महंगो १३ वटा औषधि दैनिक सेवन गर्नुपरेको उनले बताए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा अभियन्ता पत्रकार मिलन गुरुङको साथमा सहारा युकेका सल्लाहकार, फोक्स्टोन नेप्लिज सोसाइटीका पूर्वअध्यक्ष चन्द्रबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष तथा रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ, तमु संचारकर्मी संघ नेपालकी महासचिव तथा रोशनी गुरुङ, तमुधिं नेपालका कार्यवाहक अध्यक्ष तथा पत्रकार हुमबहादुर गुरुङको उपस्थिति थियो ।