३० बैशाख २०८१, आईतवार
Follow Us

एनबीसी यूकेको दशौं वार्षिक उत्सव ‘समर्पण साँझ’ स्थगित

नेपालब्रिटेन डट कम्
२७ फाल्गुन २०७६, मंगलवार १७:२९

लन्डन ।“नेपलिज ब्रिटिश कम्युनिटी युके (एनबीसी युके)”ले आफ्नो दशौं वार्षिक उत्सव ‘समर्पण साँझ कार्यक्रम स्थगन गरेको छ ।
संस्थाका अध्यक्ष मिलन घिमिरेका अनुसार आउँदो मार्च २२ तारिखका दिन आयोजना गरिएको दशौँ वार्सिकोत्सव ‘समर्पण साँझ २०२०’ च्यारीटी कार्यक्रम कोरोना संक्रमणका कारण अर्को सूचना प्रकाशन नहुने बेला सम्मको लागि स्थगित गरिएको हो । कोरोना संक्रमण सकिए पछि यसअघि तय भएको च्यारीटी कार्यक्रमको अर्को मितितय गरिने घिमिरेले जानकारी दिए ।

कार्यक्रमबाट संकलित रकम सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका ६ मा अवस्थित श्री बागेश्वरी माध्यमिक बिद्यालयमा रहेका अपाङ्ग बालबालिकाहरुको आवास गृहलाई सहयोग गर्ने योजना संस्थाको थियो ।

ग्रिनफोर्ड टाउनहलमा आयोजना हुने १० औं वार्षिकोत्सव समारोह स्थगन गर्ने निर्णयबाट आमन्त्रित सबैमा परेको असुविधाको लागि संस्थाले दुःख व्यक्त गरेको छ ।