२२ आश्विन २०८२, बुधबार
Follow Us

यूकेमा सुगम र सागरको एचके नाइट हुंदै, सन्दीप क्षेत्रीले पनि प्रस्तुति गर्ने

नेपालब्रिटेन डट कम्
२८ फाल्गुन २०७६, बुधबार १५:२७

लण्डन । नेपालका लोकप्रिय गायकहरु सुगम पोखरेल र सागर आलेको प्रस्तुतिमा बेलायतमा एक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।
आउँदो अप्रिल १० तारिख शुक्रबार अल्डरसटको एम्पायर हलमा हुने एचके नाइटमा कमेडियन सन्दिप क्षेत्रीको समेत विशेष प्रस्तुति हुनेछ ।

साथमा बेलायतको चर्चित दाजुभाई ब्याण्डले पनि प्रस्तुति दिने आयोजकले बताएको छ । कार्यक्रमको सञ्चालन पूर्व मिस यूके नेपाल दुर्गा गुरुङले गर्नेछिन् ।
साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रम राती अबेरसम्म चल्नेछ । कार्यक्रमपछि अल्डसटकै टेम्पटेसन क्लबमा आफ्टर पार्टी सञ्चालन हुनेछ ।
कार्यक्रमका लागि अग्रीम टिकट लिंदा २५ पाउण्ड लाग्नेछ भने कार्यक्रमकै दिन गेटमा ३० पाउण्ड पर्नेछ ।

कार्यक्रमको टिकटहरुको लागि लण्डन फेल्थाममा सुवास (07514642792), रेडिंगमा पुजन (07500776556), अल्डरसटमा राजन (07444288472) र प्लमस्टिडमा जीवन सेन ( 07411655241) लाई सम्पर्क गर्न सकिनेछ ।

यसअघि बेलायतमा कैयौं कार्यक्रमहरु सफलतापूर्वक आयोजना गरेका युवाहरुको समुहले यो कार्यक्रम आयोजना गर्दैछ जसको नेतृत्व सुवास गुरुङले गर्दैछन् ।

बेलायतमा नेपाली कलाकारहरुको सांगीतिक कार्यक्रम आयोजना भइरहने गरेपनि कलाकार र कार्यक्रमको गुणस्तर खड्किने गरेको आम दर्शकको गुनासो छ ।

दर्शकको सोहि भावनालाई बुझेर सुगम पोखरेल, सागर आले र सन्दिप क्षेत्री जस्ता हाई प्रोफाइल कलाकार ल्याउन लागेको आयोजक समुहका सुवास बताउँछन् । कलाकार मात्र नभएर कार्यक्रम हल र प्राविधिक व्यवस्थापन पनि गुणस्तरीय र हेर्न लायक बनाउने प्रतिबद्धता गर्दै उनले कार्यक्रममा सहभागी हुन बेलायतका सबै नेपालीलाई आग्रह गरेका छन् ।

धेरै पढिएको