५ जेष्ठ २०८१, शनिबार
Follow Us

देवरको हत्या आरोपमा भाउजु पक्राउ

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०७६, बुधबार ०५:२२

महोत्तरी । लकडाउनमा चहलपहल शून्यमा आफ्नै देवरको हत्या गरेको आरोपमा महोत्तरीको पर्साकी सगिरा खातुनलाई प्रहरीले पक्राउ गरेको छ ।

१३ वर्षीय देवर मजिवुल अन्सारीको घाँटी औलाले थिची हत्या गरेको आरोपमा सम्सी गाउँपालिका २ पर्साकी खातुनलाई प्रहरीले पक्राउ गरिएको हो । प्रेमीसँगको यौन सम्बन्ध देवरले देखेपछि उनको हत्या गरिएको प्रहरीले जनाएको छ ।

यौन सम्बन्धको पोल खुल्ने डरले प्रेमीको योजनामा सगिराले देवरलाई घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । देवरको शव गाडन कवरगाहा जाँदै गर्दा उनलाई पक्राउ गरिएको थियो ।

महिलाको प्रेमी फरार रहेकाले खोजी भैरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सगिरा र उनको प्रेमीमाथि कर्तव्य ज्यानमा मुद्धा दर्ता गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।