५ जेष्ठ २०८१, शनिबार
Follow Us

बहराइनमा १० जना नेपालीमा कोरोना संक्रमण

नेपालब्रिटेन डट कम्
२७ चैत्र २०७६, बिहीबार ०५:०९

काठमाडौँ । बहराइनमा थप १० जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको मान्मास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार केही समय अगाडि सल्मादस्थित एक क्याम्पमा १ जना विदेशी नागरिकमा कोरोनाको संक्रमण देखिएपछि त्यहाँ कार्यरत करिब ४ सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

दूतावासले ७ अप्रिलदेखि डिसेम्बर ३१ सम्म त्यहाँ रहेका अवैधानिक कामदारलाई स्वदेश फर्कनआममाफी दिएको समेत जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बहराइनमा हालसम्म ८ सय २३ जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरुमध्ये ५ जनाको ज्यान गएको छ,भने ४ सय ७७ जना उपचारपछि निको भएका छन् । खाडिमुलुकमा संक्रमितमध्ये उपचारपछि डिस्चार्ज हुनेको सबै भन्दा धेरै संख्या बहराइनमा रहेको मन्त्रालयले जनाएको छ ।