२ श्रावण २०८२, शुक्रबार
Follow Us

पेप्सीकोला सन्सीटीमा बस्ने दुईजनामा कोरोना संक्रमण पुष्टी

nepalbritain news
२ बैशाख २०७७, मंगलवार ०८:३६

काठमाडौं। काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसेको एकै परिवारका तीन जनामध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकै परिवारका तीनजना मध्ये दुई जनामा कोरोना पुष्टि भएको र एक जनाको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण नभेटिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ८१ वर्षीया आमा र ५७ वर्षीय छोरामा कोरोना पोजेटिभ देखिएको छ भने बुहारीको कोरोना नेगेटिभ देखिएकाे हाे।

साेमबार सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने तीन जना आइसोलेशनमा भर्ना भएपछि प्रहरीले अपार्टमेण्ट सिलबन्दी गरेको थियाे।

१५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्याबपिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि प्रहरीले अपार्टमेण्ट सिबन्दी गरेको थियाे। उक्त परिवार चैत ५ गते लण्डनबाट नेपाल आएको थियो ।
डिसी नेपाल

धेरै पढिएको