५ जेष्ठ २०८१, शनिबार
Follow Us

अमेरिकी निर्णयप्रति डब्लूएचओद्वारा खेद

नेपालब्रिटेन संवाददाता
४ बैशाख २०७७, बिहीबार ०५:४५

जेनेभा । विश्व स्वास्थ्य संगठन डब्लुएचओले सहयोग रकम रोक्ने अमेरिकी निर्णयप्रति खेद जनाएको छ । नियमित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस अदानम गेब्रेयेससले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति खेद जनाएका हुन् ।

चीनको वुहानमा फरक खालको निमोनियाको संक्रमण देखिनासाथ आफूहरू तत्काल कोरोना भाइरसविरुद्धको अभियानमा उत्रिएको पनि उनले दावी गरेका छन् । दश जनवरीभित्रै डब्लूएचओले रोगबाट बच्न प्राविधिक मार्गनिर्देशन सार्वजनिक गरिसकेको टेड्रोसको भनाइ थियो ।

डब्लुएचओले संसारभरका स्वास्थ्यकर्मीहरूलाई अनलाइन तालिम कोर्स, ९० भन्दा बढी मुलुकमा क्लिनिकल ट्रयाकल र पीपीई पुर्‍याउन पनि काम गरिरहेको डब्लुएचओले जनाएको छ ।

कोरोना मात्र नभइ पोलियो, मलेरिया, दादुरा, इबोला, एचआईभी, क्षयरोग, कुपोषणलगायत दर्जनौं रोगविरुद्ध डब्लूएचओ सक्रिय रहेको महानिर्देशक गेब्रेयेससले बताए । सहयोग रोक्का सम्बन्धी निर्णयको राष्ट्रसंघ, चीन लगायत विश्वका शक्ति राष्ट्रले समेत आलोचना गरेका छन् ।