५ जेष्ठ २०८१, शनिबार
Follow Us

कोरोना संक्रमित कैलालीका २१ वर्षीय युवक अस्पतालबाट डिस्चार्ज

नेपालब्रिटेन संवाददाता
७ बैशाख २०७७, आईतवार १५:३७

धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएर घर फर्केका छन् ।कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो । नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा उनी १३ गते देखि बसेका थिए ।

चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो । त्यसको २४ घण्टामा अर्को परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालमा प्रवक्ता डा। जगदीश जोशीले जानकारी गराए ।नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये हालसम्म तीन जना उपचारबाट निको भई घर फर्किएका छन् ।