५ जेष्ठ २०८१, शनिबार
Follow Us

क्यानडामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
८ बैशाख २०७७, सोमबार ०६:५८

टोरेन्टो । क्यानडामा प्रहरीको भेषमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा चौध जनाको मृत्यु भएको छ । नोभा स्कोटिया प्रान्तमा भएको घटनामा बन्दुधकारीको गोली लागेर धेरै मानिस घाइते भएका छन् ।

गोली लागेर एक महिला प्रहरीको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । स्थानीय समय अनुसार शनिबार राति गोलीकाण्ड सुरु भएको थियो । प्रहरीको कारवाहीमा बन्दुकधारी पनि मारिएका छन् ।

बन्दुकधारीलाई पक्राउ गर्न प्रहरीले १२ घण्टा कारमा पछ्याएको थियो । गोली चलाउने ५१ वर्षका गाब्रिएल वर्टम्यान नाम गरेका व्यक्ति भएको क्यानडाको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेको संख्या अझै बढनसक्ने बताइएको छ । गोली चलाउनुको कारण खुलेको छैन । क्यानडियन प्रहरीले पछिल्लो ३० वर्षमा क्यानडामा भएको यो सबैभन्दा खराब गोलीकाण्ड रहेको उल्लेख गरेको छ ।