२ श्रावण २०८२, शुक्रबार
Follow Us

प्रहरीको स्कट्रिङमा चीनबाट सामान ल्याइयो

nepalbritain news
२३ बैशाख २०७७, मंगलवार ०७:३३

काठमाडौं। शनिबार चीनको तातोपानी नाकाबाट चारवटा मालवहाक ट्रक नेपाल भित्रिए। तातोपानी नाका सुचारु भएसँगै यसरी नै तातोपानी नाकाबाट बेला बेलामा मालवहाक ट्रक नेपाल भित्रिने गर्छन्।

तातोपानी नाकाबाट नेपाल भित्रिएका ती ट्रकलाई प्रहरीको सुरक्षा घेरामा काठमाडौं ल्याइएको छ। प्रहरीको स्कट्रिङमा मालवकाह ट्रक काठमाडौं ल्याइएपछि ती ट्रकमा के थिए भन्ने प्रश्न उठेको छ।

भारतसँगको सीमा नाका सिल भएको अवस्थामा उत्तरी छिमेकी चीनबाट साद्य र स्वाथ्य सामाग्री नेपाल भित्रिने गरेको छ। शनिबार नेपाल भित्रिएका ट्रकमा स्वास्थ्य सामाग्री रहेको बताइएको छ।

‘हिजो आज नै त तातोपानी नाकाबाट कुनै समान भित्रिएको जानकारी आएको छैन, तर बेला बेलामा स्वास्थ्य सामाग्री ट्रकमार्फत आउने गरेका छन्,’ सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले डिसी नेपालसँग भने, ‘सिन्धुलाल्चोक भन्सारले सुरक्षा चाहियो भनेको अवस्थामा सुरक्षा दिएर पठाउने गरेका छौं।’ उनले धेरै जसो स्वास्थ्य सामाग्री तातोपानी नाकाबाट भित्रिने गरेको बताए।

स्रोतका अनुसार सोमबारसमेत तातोपानी नाकाबाट केही ट्रक नेपाल भित्रिएका थिए। ट्रकमा के सामान थियो भन्ने विषयमा जानकारी प्राप्त हुन नसकेको स्रोतले जनाएको छ। तर सिन्धुपाल्चोक प्रहरीले भने सोमबार तातोपानी नाकाबाट ट्रक भित्रिएको जानकारी नभएको जनाएको छ।

डिसी नेपाल

धेरै पढिएको