१५ बैशाख २०८१, शनिबार
Follow Us

कपिलवस्तुमा १० स्थानीय तहले दुई हजार भित्र्याए

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७७, बिहीबार ०५:१७

बाँके — भारतका विभिन्न सहरबाट प्रदेश ५ का सीमावर्ती जिल्लाका दशगजामा आएर अलपत्र नेपालीलाई यहाँका स्थानीय तहले क्वारेन्टाइन स्थल निर्माण गरेर भित्र्याउन थालेका छन् । रूपन्देहीले भारतमा १४ दिन क्वारेन्टाइन अवधि पूरा गरेकालाई बुधबारबाट ल्याउन थालेको छ । यहाँ ल्याएर विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा राखेर उनीहरूमा कोरोना भए/नभएको पीसीआर परीक्षण गरिने प्रशासनले जनाएको छ ।

भारतको नौतनवास्थित क्वारेन्टाइनमा २१ दिन बसेका ५ सय १० जनालाई बुधबार साँझ स्वदेश ल्याइएको हो । बुधबारै जिल्ला प्रशासन रूपन्देहीमा बसेको बैठकले सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकामा व्यवस्थापन गर्ने गरी पहिलो चरणमा पाँच सयभन्दा बढीलाई भित्र्याउने निर्णय गरेको थियो । उक्त समूहमा विभिन्न जिल्लाका बासिन्दा छन् । भारतका विभिन्न सहरबाट सीमा क्षेत्रमा आउने बढ्दै गएकाले एकैपटक सबैलाई ल्याउन समस्या भएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । ‘सीमा आएका सबै क्वारेन्टाइनमा नबसेकाले जोखिम छ,’ उनले भने, ‘कसरी ल्याउने ? छलफल गरेर ल्याउनेछौं ।’ कहिले कति जनाको उद्धार गर्ने भन्ने निश्चित नभइसकेको उनले बताए । कोरोना संक्रमितको संख्या जिल्लामा पनि वृद्धि भइरहेको छ । त्यसैले राम्रो व्यवस्थापन गरेरमात्रै उद्धार गरिने पन्थले बताए ।

बुधबार ल्याइएका सबैलाई तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकामा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको छ । तिलोत्तमाले २ सय ३३ जनालाई ल्याएको छ । उनीहरूलाई तिलोत्तमा–१५ को मधवलीया मावि र शंकरनगरको दुर्गादत्त मावि क्वारेन्टाइनमा राखिएको नगर प्रमुख वासुदेव घिमिरेले बताए । उनले भने, ‘मधवलीयाको क्वारेन्टाइनमा झन्डै १ सय ८० जनालाई राख्न मिल्छ ।’ सबैको पीसीआर परीक्षण नगरुन्जेल यहाँ राखिने र रिपोर्टका आधारमा सम्बन्धित जिल्ला पठाइने उनले जनाए । भारतीय सरकारले रेल सेवा सुरु गरेपछि सीमासम्म आएर धेरै जना अलपत्र परेका छन् । ‘धेरै छलफलपछि ल्याउन सफल भयौं,’ उनले भने । सीमाबाट लुकीछिपी आएका व्यक्तिमा कोरोना देखापरेकाले क्वारेन्टाइनमा बसेर १४ दिन कटाएकालाई पहिलो लटमा ल्याएको उनले बताए ।