२९ बैशाख २०८१, शनिबार
Follow Us

मृत्यु हुनेको संख्या १६ पुग्यो, गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०७७, शुक्रबार ०३:४४

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । बुधवार मृत्यु भएका अर्घाखाँचीका ५७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि मृतकको संख्या १६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतकको संख्या १६ पुगेको औपचारिक पुष्टि गरेको छैन ।

यता, गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका चार जिल्लामा संक्रमित थपिएका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्वतमा १३ जना, स्याङ्जामा २२ जना, तनहुँमा १ जना, नवलपरासी पूर्वमा १ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित सबै पुरुष रहेका छन् । योसँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।