३१ बैशाख २०८१, सोमबार
Follow Us

क्वारेन्टिनमै जन्मियो शिशु

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०७७, शनिबार ०४:१९

प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिनुभएको छ । नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आउनुभएका १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिनुभएको हो ।

श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टिनमा बस्नुभएका सरस्वतीले गए राति १ क्वारेन्टिनमै छोरा जन्माएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँ अहिले स्वास्थ्यकर्मीकै निगरानीमा रहेको र आज आरडिटी गरिने जनाइएको छ ।