२९ बैशाख २०८१, शनिबार
Follow Us

एमसीसीमा सहमति जुटाउन नेकपा सचिवालय बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
३२ जेष्ठ २०७७, आईतवार ०४:१६

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री केपी ओलीले पार्टीमा विवादको विषय बनेको अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन ‘एमसीसी’ मा सहमति जुटाउनका लागि बैठक बोलाएका हुन् ।

अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा यसअघि पार्टीले गठन गरेको एमसीसी कार्यदलका सदस्यहरुलाई पनि बोलाइएको छ । जेठ २७ गते नै सचिवालय बैठक बोलाइएको भएपनि प्रधानमन्त्री ओलीले स्वास्थ्यको कारण देखाउदै स्थगित गरेका थिए ।

पार्टीमा सहमति जुट्नुअघि नै एमसीसीको विषयमा बजेटमा परेपछि नेकपामा विवाद देखिएको छ । प्रधानमन्त्री ओली भने संसद्को यही अधिवेशनबाट सम्झौता अनुमोदन गर्ने पक्षमा छन् । तर, सचिवालयका अन्य बहुमत सदस्य भने यथास्थितिमा सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन् ।