२९ बैशाख २०८१, शनिबार
Follow Us

दुर्घटनामा गाउँपालिका अध्यक्षको निधन

नेपालब्रिटेन संवाददाता
३२ जेष्ठ २०७७, आईतवार ०८:०७

नवलपरासी । गाडी दुर्घटनामा परी प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको निधन भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीको जिल्ला बिपद ब्यवस्थापन समितिको बैठक सकेर गाउँपालिका फर्किने क्रममा उनी चढेको गाउँपालिकाको लु १ झ ३७० स्कार्पियो गाडी  खोलामा खसेर गम्भीर घाइते भएका अध्यक्ष शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी बैठक सकेर गाउँपालिका फर्किने क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका ४ स्थित लक्ष्मी नगर पुलमा गाडी ठोकिएर गाडी खोलामा झरेपछि उनी गम्भीर घाइते भएका थिए । उनलाई नजिकको चिसापानी सामुदायिक अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत भएको हो भने चालक घाइते भएको प्रहरीले जनाएको छ। बर्दघाटस्थित चिसापानीमा रहेको उनको शब घर लैजान तयारी भैरहेको प्रहरीले जनाएको छ।